सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट श्रीमानश्रीमती गम्भीर घाईते

२०७७ असार २८, ०६:३६ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट श्रीमानश्रीमती गम्भीर घाईते भएका छन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ को गोकुलपुरमा से ४ प ७९५३ नम्बरको मोटरसाईकलको ठक्करबाट ६५ वर्षीय जगुराम चौधरी र उनकी ६० वर्षीया श्रीमती फगुनी चौधरी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार राती एक बजेको समयमा मोटरसाईकलले ठक्कर दिदा घाईते भएका उनीहरुको टाउको र छातीमा गम्भीर चोट लागेको छ।

उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल चालक नरेन्द्र चौधरीलाई नियन्त्रणमा लिईएको छ।  

कमेन्ट लोड गर्नुस