सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसमा कोभिडबाट सात लाखभन्दा बढी संक्रमित

२०७७ असार २७, १०:५५ रासस

रुसमा कोरोना भाइरसका सात लाखभन्दा बढी संक्रमित भेटिएका छन्। रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ। यहाँ कोभिडका ७ लाख २० हजार संक्रमित देखिएका छन्। गएको २४ घन्टामा यहाँ छ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै यहाँ संक्रमितको संख्या सात लाख नाघेको बताइएको छ। यहाँका विभिन्न ८३ सहरमा यी संक्रमित भेटिएका हुन्। रुसमा गएको २४ घन्टायता १८८ जनाको कोरोनाका कारण निधन भएको बताइएको छ। यो सँगै रुपमा यस महामारीबाट मृत्यु हुने नागरिकको संख्या पनि ११ हजार २०५ पुगेको बताइएको छ।

यहाँका अधिकांश संक्रमितहरुमा यो भाइरसको प्रकोपको कुनै लक्षण पनि नदेखिएको बताइएको छ। यहाँका संक्रमितहरु मध्ये २६ प्रतिशतमा मात्र यस भाइरसको लक्षण देखिएको बताइएको छ। यहाँ सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन्।
 

कमेन्ट लोड गर्नुस