सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्छ’

२०७७ असार २७, १०:३७ रासस

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका छन्। नेता पौडेलले आज गण्डकी प्रदेशका काँग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उनले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताए। नेता पौडेलले वर्तमान सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रिएर भारतसँग वार्ताको वातावरण बिगारेको आरोपसमेत लगाए।

“वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको छ”, उनले भने। वरिष्ठ नेता पौडेलले काँग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आम नेता कार्यकर्तालाई आग्रहसमेत गगरे। फागुनमा महाधिवेशन गर्न पर्याप्त समय रहेको उनको भनाई थियो। काँग्रेसको क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने वरिष्ठ नेता पौडेलले बताए। 
 

कमेन्ट लोड गर्नुस