सुदूर नेपाललाई विश्वसँग जोड्दै

३३ किलो सुन काण्डका आरोपी पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असार २७, ०९:४१ रासस

३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन्। अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए।

उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ। उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए।
 

कमेन्ट लोड गर्नुस