सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारी संस्थाको साढे तीन लाख चोरी

फाइल फोटो
फाइल फोटो
२०७७ असार २७, ०९:०९ रासस

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को एक सहकारी संस्थाबाट रु तीन लाख ५० हजार नगद चोरी भएको छ। प्रतापपुर गाउँपालिका–५ स्थित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट गए राति रकम चोरी भएको हो।

संस्थाको कार्यालयमा रहेको ¥याकको ताल्चा फोडी रु तीन लाख ५० हजार चोरी भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए।

स्थानीयवासी गोबरी धोबीको एक तले पक्की घरमा भाडामा रहेको उक्त सहकारीको कार्यालयको ढोकामा ताल्चा लगाउने कब्जासहित फोडिएको र ढोका खल्ला रहेको देखेपछि घरधनी धोबीले संस्थाका व्यवस्थापक तिरणजित सैथवारलाई खबर गर्नुभएको थियो।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस