सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन मिटर लामो अजिङ्गर फेला

२०७७ असार २७, ०७:०२ रासस

सप्तरी: सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षकसहितको टोली खटी अजिङ्गरलाई समातेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए। वर्षाको समयमा खोला, नदीको पानीमा बगेर अजिङ्गर आएको अनुमान गरिएको छ। प्रहरीका अनुसार अजिङ्गरबारे डिभिजन वन कार्यालय सप्तरीका प्रमुख वन अधिकृत सन्तोषकुमार झालाई जानकारी गराइएको र बुझाउने तयारी भइरहेको छ।

कमेन्ट लोड गर्नुस