सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यालिफोर्नियामा पुन:आठ हजार कैदी रिहाई गरिने

२०७७ असार २७, ०६:०२ रासस

जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन्। क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो।

रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पु¥्याएर रिहा गरिने छ। यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ।
सरकारले यो कार्य नागरिकको स्वास्थ्य र जीवनको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले गरिएको मन्त्री राल्फ दिआजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

क्यालिफोर्नियाको पूरानो जेलगृह सान क्वेन्टिनमा सङ्क्रमण भेटिएपछि गरिएको निर्णयलाई काराकार सुधार पक्षधर न्यायाधिकारीहरूले स्वागत गरेका बताइएको छ। करिब एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भीड रहेका कारागारलाई खुकुलो पार्नुपर्ने धारणा अधिकारकर्मीहरूले व्यक्त गरेका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजरूमले गत मङ्गलबार कारागारमा एक हजारभन्दा बढी सङ्क्रमित रहेको भन्दै यो सबैको चासोको विषय भएको बताएको थियो।

क्यालिफोर्निया राज्यमा अहिले सङ्क्रमित रहेकामध्ये आधाभन्दा बढी व्यक्ति जेलमा रहेका सान क्वेन्टिन कारागार प्रशासनले जानकारी गराएको थियो। क्यालिफोर्नियामा कूल एक लाख १३ हजार व्यक्तिले कैदी जीवन विताइरहेका छन्।

करिब चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियामा तीन लाख व्यक्ति सङ्क्रमित रहेका छन् भने करिब छ हजार ८०० सङ्क्रमितको मृत्यु भइसकेको छ। यहाँ आफूले चाहको शब्द वा वाक्य प्रीति फन्टमा टाइप गर्नुहोस वा प्रीति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् । 

कमेन्ट लोड गर्नुस