सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु

२०७७ असार २७, ०५:०१ खबर संवाददाता

धनगढी: नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

कमेन्ट लोड गर्नुस