सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रित्तिए क्वारेन्टिन

२०७७ असार २७, ०४:५४ खबर संवाददाता

धनगढी: भारतबाट फर्किने क्रम घटेसंगै सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका क्वारेन्टिन रित्तिन थालेका छन्।

प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा चार हजार ८ सय ३४ जना मात्रै क्वारेन्टिनमा रहेका छन्। जेठ महिनायता मात्रै सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनबाट झण्डै एक लाख नागरिकलाई घर पठाईएको सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयको दावी छ। 

अहिले सबैभन्दा बढि कञ्चनपुरमा दुई सय ४४ महिला र ८ सय ७५ पुरुष गरी एक हजार एक सय १९ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै कैलालीमा एक हजार ५१ जना, बझाङमा पाँच सय ३८, डोटीमा पाँच सय ३७, बैतडीमा पाँच सय १९ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। अछाममा तीन सय ४९, दार्चुलामा तीन सय सात, डडेल्धुरामा दुई सय ५१ र बाजुरामा एक सय ६३ जनालाई क्वारेन्टिनमा राखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार सुदूरपश्चिममा ६२ हजार बढि अटाउने एक हजार पाँच सय ८० वटा क्वारेन्टिन बनाईएको छ। क्वारेन्टिन खाली भएपछि अहिले अधिकासं क्वारेन्टिनमा संक्रमितलाई राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहकै क्वारेन्टिनमा राखिएको जानकारी दिए। उनका अनुसार विगतमा स्थापना गरिएका क्वारेन्टिनलाई नै अहिले आइसोलेसनमा परिणत गरिएको हो।

 

कमेन्ट लोड गर्नुस