सुदूर नेपाललाई विश्वसँग जोड्दै

जङ्गली च्याउ खाँदा चार बिरामी

२०७७ असार २७, ०३:२९ रासस

रुपन्देही: रुपन्देहीको  रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।  शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन्। 

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि अस्पताल ल्याइएको थियो।  
 

कमेन्ट लोड गर्नुस