सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १२६७ जना कोरोना संक्रमित डिस्चार्ज, ८० जना मात्रै अस्पतालमा

२०७७ असार २७, ०७:४५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार साँझ एक हजार दुई सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार शुक्रवार भने सेती अस्पतालबाट एक जनालाई मात्रै डिस्चर्ज गरिएको थियो। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ। 

यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। 

यस्तै सुदूरपश्चिम प्रदेशका ८० जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने दुई हजार पाँच सय ५६ जना संक्रमित भने आफ्नै घर र विभिन्न क्वारेन्टिनमा रहेका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार नौँ सय ११ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस