सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुने

२०७७ असार २७, ०७:१५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमसहित देशका केही स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा अहिले पनि ठूलो पानी परिरहेको जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ठूलो पानी परेसँगै विभिन्न नदीमा बाढी आउने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस