सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

फाइल फोटो
फाइल फोटो
२०७७ असार २६, १०:४२ रासस

नेपाली काँग्रेस कास्कीले जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै पहिरोका कारण पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा पाँच जना, पोखरा २५ हेमजामा एक जना र पोखरा २६ पैतेडाँडामा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो।

घटनामा घाइते भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा घटनामा दिवङ्गत हुनेहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गरिएको छ।
 

कमेन्ट लोड गर्नुस