सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई उद्योग कारबाहीमा

२०७७ असार २६, ०९:१० रासस

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ। विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालि मोरङलाई आज कारबाही गरेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगको गुणस्तर विभागको प्रयोगशालामा परीक्षण गराउँदा उक्त दुई उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए।

गोयन्का पीएससी सिमेन्टको सात दिनको कम्प्रियसिभ स्टे«न्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए भएकाले कारबाही गरेको हो। यस्तै कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको विभागले जनाएको छ।

विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम ९१६० अनुसार इजाजतपत्र स्थगन गरेको हो। 

कमेन्ट लोड गर्नुस