सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुख शेरचनलाई नयाँ नक्सा हस्तान्तरण

फाइल फोटो
फाइल फोटो
२०७७ असार २६, ०८:३० रासस

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत खिमलाल गौतमले प्रदेश प्रमुख शेरचनलाई अध्यावधिक गरिएको नेपालको नयाँ नक्सा आज हस्तान्तरण गरेका हुन्।

नक्सा ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले नापी कार्यालय, कास्कीलाई धन्यवाद व्यक्त गरे। नक्सा हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरिप्रसाद बाँस्तोलासमेत उपस्थित थिए।
 

कमेन्ट लोड गर्नुस