सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा डुबेर दुई जना बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७७ असार २६, ०५:१२ रासस

नवलपरासीको (बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन्। जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन्।

बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। उनीहरुसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए। 

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रनाउ लामाले बताए। माछा मार्ने क्रममा शुरुमा प्रवीण अचानक चिप्लेर खोलामा डुबेका थिए। उनलाई बचाउन जाँदा सुधिर पनि डुबेर वेपत्ता भएका हुन्। राति आएको पानीले खोलामा बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस