सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका प्रहरी जवानविरुद्ध मुद्धा, शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोप

२०७७ असार २५, ०४:१४ खबर संवाददाता

धनगढी : कञ्चनपुरका एक जना प्रहरी जवानविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ निवासी प्रेम बहादुर रैकालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको जवान पदमा

नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपत्र दायर गरको हो। उनले गणेश माध्यमिक विद्यालय, भुर्सा कञ्चनपुरबाट कक्षा ८ पास गरेको नक्कली प्रमाणपत्र पेश गरी मिति २०७० साल असोज ५ गते नेपाल प्रहरीको प्रहरी जवान पदमा स्थायी नियुक्ति लिएको अख्तियारको आरोप छ। 

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरजन्य कार्य देखिन आएको हुँदा रैकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस