सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्टाग्राममा एक पोष्टकै ११ करोड रुपैयाँ

२०७७ असार २५, ०८:५८

सोशल मीडिया यो समय सर्वाधिक कमाईको ठूलो माध्यम बनेको छ । धेरै स्टारहरु सोशल साइटमा पोष्ट तथा विज्ञापन गरेर लाखौ– करोडौ कमाई गर्दै आएका छन् । विशेषगरी इन्टाग्राम सेलिब्रेटजको कमाईको ठूलो माध्ययम बनेको छ । विगतका दिनमा प्रियंका चोपडा एक इन्टाग्राम पोष्टको साढे ३ करोड सम्म लिने गर्थिन् । इन्टाग्रामको शेड्यूलिङ टुल होपर एचक्यूले गरेको थियो । यो सूचीमा समावेश प्रियंका चोपडा पहिलो भारतीय अभिनेत्री थिइन् । हाल इन्टाग्राममा हाइएस्ट पेड सेलिब्रेटी अमेरिकी अभिनेता ड्वेन जोन्सन हुन् ।

ड्वेन जोनसनले ब्यूटी क्विन काइली जेनरलाई पछि पार्दै शीर्ष स्थाान हासिल गरेका छन् । किनकी यो भन्दा पहिला इन्टाग्राममा सर्वाधिक कमाई गर्ने स्टार काईली जेनर थिइन् । सोशल मीडिया मार्केटिङ फर्म हापर एचक्यूले यो विषयमा जानकारी दिएको हो । बीबीसीको रिपोर्ट अनुसार गत वर्ष काइली जेनरले एक पोष्टको करीब १२ लाख डलर लिएकि थिइन् ।

जबकि यो वर्ष ४८ वर्षीय अभिनेता ड्वेन जोनसनले १२,१५, ८८,८८० रुपैयाँ लिएका थिए । दोस्रो स्थानमा काइली जेनरले ११,८१,१४,९१२ रुपैयाँ लिएकि थिइन् । काइली जेनरको फलोअर्सको संख्या १८ करोड ४० लाख रहेको छ । यसैगरी ड्वेन जोनसनको १८ करोड ९० लाख रहेका छन् ।

यसैगरी यो सूचीमा अन्य कयौ सेलिब्रेटी पनि समावेश छन् । फुटबलर क्रिस्टियानो रोनाल्डोले एक पोष्टको ६,८९,००० डलर चार्ज गर्दै आएका थिए । यसैगरी काइली जेनरकी बहिनी किम कादशिंया चौथो स्थानमा छिन् । उनले एक पोष्टका लागि ८,५८,००० डलर लिने गरेकि छन् । यसैगरी सिंगर आरियाना ग्रांन्डेले ८,५३,००० डलर एक पोष्टको लिएर शीर्ष पाँचमा समावेश छिन् ।

द रक नामको मशहुर अभिनेता ड्वेन जोनसन फोब्र्सको २०१९ को सूचीमा हलिउड हाइएस्ट पेड एक्टर पनि थिए । ड्वने जोनसिन अभिनेता बन्नु पहिले रेसलर थिए र उनी डब्लूडब्लूई च्याम्पियन समेत भइसकेका छन् । एजेन्सी

कमेन्ट लोड गर्नुस