सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा डुबेर एक किशोरीको मृत्यु, कुटपिट गरि नालामा धकेलेको आशंकामा दाजु पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७७ असार २५, ०७:२५ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया किशोरी नेहा सुनारको मृत्यु भएको हो। उनी बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी थिईन्।

नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेर वेपत्ता भएकी उनी आज बिहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। 

थापाले बालिकाको शव फेला लगत्तै उनका ३४ बर्षिय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए। ‘दाजुले कुटपिट गरि नालामा धकेलेको भन्ने सूचना आएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने ‘घटनाको अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएका हौँ।’
 

कमेन्ट लोड गर्नुस