सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नहरमा डुबेर किशोरी बेपत्ता

२०७७ असार २५, ०७:०१ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरमा नहरमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया किशोरी नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी हुन्। नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए। नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस