सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४७ हजार भन्दा बढीको मृत्यु

२०७७ असार २४, ०६:१५

जेनेभा स्वीट्जरल्याण्ड: कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ४१९ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ८४ हजार १०७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ। 

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६९ लाख २७ हजार ५०५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ९ हजार १८३ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५८ हजार २४५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३० लाख ९७ हजार ५३८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३३ हजार ९९१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा २६ लाख १४ हजार ९३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९६ हजार ८३२ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ३६ लाख २८ हजार ७९७ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ७८ हजार ६७४ जनाको मृत्यु भएको छ। 

युरोपमा २५ लाख ३ हजार ६३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९४ हजार ७८२ को मृत्यु भएको छ। एसिया २७ लाख  ७४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६४ हजार ८६७ जनाको मृत्यु भएको छ।

अफ्रिकामा ५ लाख ११ हजार ९४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २६ जनाको मृत्यु भएको छ।  ओसियानामा १० हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ।-एएफपी
 

कमेन्ट लोड गर्नुस