सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ४२ हजार नाघ्यो

२०७७ असार २४, ०६:०२

नयाँ दिल्ली: भारतमा मङ्गलबार कोभिड–१९ का २२ हजार ७५२ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख ४२ हजार नाघेको छ। भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४२ हजार ४१७ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

भारतमा मङ्गलबार थप २२ हजार ७५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४८२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ। भारतमा हालसम्म कोरोना भाइरसबाट २० हजार ६४२ जनाको मृत्यु  भइसकेको छ। 

विज्ञप्तिका अनुसार बुधबार विहानसम्म ४ लाख ५६ हजार  ८३० संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन्। अझै पनि २ लाख  ६४ हजार ९४४ व्यक्तिले संक्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन्।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख १७ हजार १२१ संक्रमित रहेका छन् भने ९ हजार २५० जनाको मृत्यु भएको छ। दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख १८ हजार ५९४ जना संक्रमित रहेका छन् भने १ हजार ६३६  जनाको मृत्यु भएको छ। 

तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । यहाँ १ लाख २ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार १६५ जनाको मृत्यु भएको छ। 

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ। एएनआई
 

कमेन्ट लोड गर्नुस