सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका बजार क्षेत्रमा डुबान, गाउँमा कटान

२०७७ असार २४, ०२:५२ खबर संवाददाता

धनगढी : दुई दिनदेखिको वर्षाका कारण सहरी क्षेत्र डुबानमा परेका छन् भने ग्रामीण क्षेत्रमा कटान भइरहेको छ। जिल्लाको भीमदत्त नगरपालिकामा उत्तरदेखि बगेर आउने खहरेखोलाका कारण निकास नहुँदा भाँसी क्षेत्र डुबानमा परेको छ।

महेन्द्रनगर र आसपासको क्षेत्रमा पनि पानी जमेको छ। बेलडाँडीका क्षेत्र बैबाह, झिलमिला, खैरीघाट, रतनपुरका केही बस्ती डुबानमा परेका छन्। भीमदत्त नगरपालिका– ४, महेन्द्रनगर बजारसहित, ऐठपुर १८ सालघारी, खैरभट्टी आसपासका क्षेत्र पनि डुबानमा परेका छन्।

उत्तरी चुरे भेग भएर बग्ने खोलानालाका कारण डुबान भइरहेको छ। कञ्चनपुरमा रहेका खोलानालामा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका स्थानीय त्रसित भएका छन्।  महाकाली, दोदा नदी कटानी र पटानी गर्ने मुख्य नदीका रूपमा रहेका छन्। दक्षिणी क्षेत्रमा झर्नासागरमा पनि पानीको बहान बढेको छ। 
 

कमेन्ट लोड गर्नुस