सुदूर नेपाललाई विश्वसँग जोड्दै

इनारबाट निस्कियो ग्यास

२०७७ असार २३, ०२:१४ रासस

भक्तपुर: चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छन्। 

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो। उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन। इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ। सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो। सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए।
 

कमेन्ट लोड गर्नुस