सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेसियामा ६ दशमलव ३ म्याग्नीच्यूडको भूकम्प

२०७७ असार २३, १२:४८

भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६ दशमलव ३ म्याग्नीच्यूडको भूकम्प गएको छ। 

इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन्। 
सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ। साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ।
 

कमेन्ट लोड गर्नुस