सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

फाइल फोटो
फाइल फोटो
२०७७ असार २३, ११:४९ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा मंगलबार पनि छलफल सुरु भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ। विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ।

हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन्। सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ।

 

कमेन्ट लोड गर्नुस