सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारको ठक्करबाट एक जनाको मृत्यु

२०७७ असार २३, ०८:५२ खबर संवाददाता

कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट पहिचान नखुलेका ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा बा २१ च ६६४२ नम्बरको कारको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

ठक्कर दिने कार चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस