सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नेकपाका कार्यकर्ताले गरे आफ्नै पार्टी कार्यालय घेराउ

२०७७ असार २२, ०५:१० खबर संवाददाता

धनगढीः सोमबार धनगढीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका छन्। नेकपामा चुलिएको विवाद साम्य पार्न माग गर्दै कार्यकर्ताले धनगढीस्थित प्रदेश पार्टी कार्यालय घेराउ गरेका हुन। 

नेकपा कैलालीका पार्टी नेता, युवा, विद्यार्थी लगायत अन्य नेता कार्यकर्ताले प्रदेश पार्टी कार्यालय घेराउ गरेका हुन्। ‘व्यक्ति होईन पार्टी प्रधान हुनुपर्छ भन्ने प्लेकार्ड बोकेका उनीहरु दिउँसो ३ बजे देखि ५ बजेसम्म पार्टी कार्यालयमा धर्ना बसेका छन्।   

पार्टी एकतालाई मजबुत पार्न र व्यक्तिले नभई नीति र पद्धतिले पार्टी चल्नुपर्छ भन्ने भावनाका साथ स्वस्र्फुत रुपमा धर्ना सुुरु गरिएको पार्टीका कैलाली जिल्ला कमिटी सदस्य बिमल कुमार जोशीले बताए। केन्द्रमा चलेको विवादको अन्त्यगरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन दबाव स्वरुप पार्टी कार्यालयमै धर्ना बसेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस