सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा संक्रमितको संख्या ३६ सय नजिक, ६९० जना डिस्चार्ज

२०७७ असार २१, ०९:२० खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३६ सय नजिक पुगेका बेला झण्डै सात सय जना डिस्चार्ज भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शनिबार सम्म विभिन्न अस्पतालबाट ६ सय ९० जना डिस्चार्ज भएका छन्।

सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालबाट एक सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै डडेल्धुरा अस्पतालबाट एक सय ६ जना, महाकाली अस्पतालबाट ९९ जना, बयलपाटा अस्पताल अछामबाट ९८ जना, टीकापुर अस्पतालबाट ४८ जना, जिल्ला अस्पताल डोटीबाट ३८ जना डिस्चार्ज भएका छन्।

जिल्ला अस्पताल बझाङबाट ३१ जना, जिल्ला अस्पताल अछामबाट २८ जना, जिल्ला अस्पताल बैतडीबाट १६ जना, मालाखेती अस्पताल कैलालीबाट १५ जना, जिल्ला अस्पताल बाजुराबाट १३ जना, गोकुलेश्वर अस्पतालबाट ६ जना, भजनी स्वास्थ्य केन्द्र र चौमाला प्राथमिकता स्वास्थ्य केन्द्रबाट पाँच÷पाँच जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सुदूरपश्चिममा अहिले सम्म तीन हजार पाँच सय ९४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा कैलालीमा अहिलेसम्म ८ सय २९ जनामा कोरोना देखिएको छ।

यस्तै कैलालीपछि अछाममा पाँच सय ८६, डोटीमा पाँच सय ५३ र बाजुरामा पाँच सय ३९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै कञ्चनपुरमा तीन सय ९७, डडेल्धुरामा दुई सय ५८, बैतडीमा दुई सय ५७, बझाङमा एक सय ४६ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ।

कमेन्ट लोड गर्नुस