सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

२०७७ असार २१, ०७:२८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ५ मा धारिलो हतियार प्रहार गरी ५० वर्षीया गोपाल कुँवरको हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले कुँवरका छिमेकी समेत रहेका अन्दाजी ३५ वर्षीय गौरव खड्काले धारिलो हतियार प्रहार गरेर शनिबार राति हत्या गरेको बताए।

प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भईरहेको जानकारी दिए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस