सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाका जर्नेलहरुको काज सरुवा

२०७७ असार २०, १०:४५ खबर संवाददाता

नेपाली सेनाले जर्नेलहरुको काज सरुवा गरेको छ। सेनाको जंगीअड्डाले जर्नेलहरुको काज सरुवा गरेको हो।

सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सका महानिर्देशक पनि फेरिएका छन्। इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ। अहिले इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन्।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि सरुवा भएको छ। उनलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ।  निर्देशनालयका नयाँ प्रमुखमा सन्तोष वल्लव पौडेल आउँदैछन्। उनी १५ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन्। पौडेलको ठाउँमा सहायक रथी अरुण पाल पठाइएका छन्। 

कमेन्ट लोड गर्नुस