सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सोधेः तपाईंहरूको साइड कता?

२०७७ असार २०, ०९:५४ खबर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन्।

यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाईंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत उनले दिए।

‘राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भनेका छन्। उनले यस्तोबेलामा तपाईंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ। तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ। उनले भने। 
 

कमेन्ट लोड गर्नुस