सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुलुकभर १६ विपद्का घटना :नौ को मृत्यु, २० घरमा क्षति

२०७७ असार २०, ०९:१७ रासस

मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा छ जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पु¥याएको छ। सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ। नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन्।  खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। 

यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ। सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले आज सूचनामार्फत जनाएको छ। आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस