सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

२०७७ असार २०, ०७:४७

नयाँ दिल्ली: विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्काे हप्ता चीन जाने भएका छन्। कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो।

यसअघि उक्त संगठनले चीनको वुहानबाट शुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो। तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन्।कोभिड १९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट शुरु भएको बताइएको छ। उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ। त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ। 

चीनमा पनि यस संक्रमणले चार हजार भन्दा बढीको मृत्यु भएको थियो। प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण शुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन्। 
यसको संक्रमण अझै पनि कम भएको छैन। उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो। 

विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सो आग्रह गर्नुभएको थियो। -एएनआई

कमेन्ट लोड गर्नुस