सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद छन्त्यालको निधन

२०७७ असार १७, ११:३७ खबर संवाददाता

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो। ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन्।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्।

उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन्। उनको आज दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ।

कमेन्ट लोड गर्नुस