सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार

२०७७ असार १६, ०१:१२ खबर संवाददाता

दाङ: नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ। दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान वडा नम्बर २ का अध्यक्षमाथि खुकुरी प्रहार हुँदा उनको टाउको र हातमा चोट लागेका प्रहरीले जनाएको छ। डाँगीलाई अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको छ।

कमेन्ट लोड गर्नुस