सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या

२०७७ असार १६, १२:४६ रासस

भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन्। उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ। 

उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ। श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए। उनी पछि धरौटीमा रिहा भएका थिए। त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ। 

प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ। अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए। 

प्रहरीले बताएअनुसार परिवारका तीनजना लाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ। प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ। 
उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस