सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप दुई प्रहरीमा कोरोना पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

२०७७ असार १६, १२:१६ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ। बाजुराका थप दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले जानकारी दिए।

उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी क्वारेन्टिनमा खटिएका थिए। दुबै प्रहरी जवानको सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको उनले बताए।

यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक/एक जना प्रहरीमा कोरोना पुष्टि भईसकेको थियो। कञ्चनपुरका संक्रमित प्रहरी गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि र क्वारेन्टिन सुरक्षार्थ खटिएका थिए।

अछाम र बाजुराका संक्रमित प्रहरी भने क्वारेन्टिनमा खटिएका थिए। सुदूरपश्चिममा अहिलेसम्म एक प्रहरी सहायक निरिक्षक, एक हवल्द्धार र पाँच जना प्रहरी जवान गरी सात प्रहरीमा कोरोना पुष्टि भएको बताउँदै प्रहरी नायव महानिरीक्षक सुवेदीले चार जनाले कोरोना जितिसकेको दिनेश खवरलाई जानकारी दिए।

कमेन्ट लोड गर्नुस