सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ३८८ कोरोना संक्रमति डिस्चार्ज, ८० जना मात्रै अस्पतालमा

२०७७ असार १६, ११:३२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट तीन सय ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा तीन सय ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार सोमवार मात्रै २१ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ। महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ८ र दार्चुलाबाट एक जना गरी २१ जनालाई डिस्चार्ज गरिएको उनले बताए। 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका एक सय ६, कञ्चनपुरका ८५, कैलालीका ७५ र डडेल्धुराका ६९ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अछामबाट २९, दार्चुलाबाट १३, बैतडीबाट ९, बझाङ र बाजुराबाट दुई/दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। क्तिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेशका ८२ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन्।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४१, महाकाली अस्पतालमा १५, अछाम र सेती अस्पतालमा १०/१०, डोटी र मालाखेती अस्पतालमा दुई/दुई तथा दार्चुला र बझाङ अस्पतालमा एक/एक जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ६ जना संक्रमितको मृत्यु भईसकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या दुई हजार तीन सय ६६ पुगेको छ भने संघीय स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितको सङख्या दुई हजार चार सय ३५ छ। संघीय र प्रदेश सरकारले फरकफरक तथ्याङक सार्वजनिक गर्दा अन्योलता बढेको छ। 
 

कमेन्ट लोड गर्नुस