सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाबाट १६ हजार बढीको मृत्यु, ५ लाख ६७ हजार बढी संक्रमित

२०७७ असार १६, ०८:१३ खबर संवाददाता

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या साढे १६ हजार नाघेको छ।

भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट १६ हजार ९ सय ४ जनाको मृृत्यु भइसकेको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ। कोरोनाबाट संक्रमित भएका तीन लाख ३५ हजार  २ सय ६१ जना भने उपचारपछि निको भएका छन्।

 

कमेन्ट लोड गर्नुस