सुदूर नेपाललाई विश्वसँग जोड्दै

सङ्क्रमित जिल्ला ६८ पुगे

२०७७ जेठ २३, १०:४९ रासस

कोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन्। आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन्। अब नौ जिल्लामात्र बाँकी रहेका छन्। आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ। आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ। तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ।

उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना रहेका छन्। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २२ जना सङ्क्रमितमा अर्घाखाचीका एक, नवलपरासीका दुई, पाल्पाका दुई, रुपन्देहीमा एक महिला र १७ पुरुष रहेका छन्। कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण भएको पाइएको छ। ती सिन्धुलीका दुई पुरुष र बाराका दुई पुरुष रहेका छन्। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा दुई तनहुँका पुरुष रहेका छन्।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पृष्टि भएको छ । तीमध्ये भोजपुरमा पाँच पुरुष, झापामा एक पुरुष, सुनसरीमा एक बालिका र १२ पुरुष रहेका छन् । यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ । ति कैलालीका चार पुरुष, अछामका एक पुरुष, बझाङका एक पुरुष र डडेल्धुराका पाँच पुरुष रहेका छन्। यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको छ।

ति रामेछापका १७ पुरुष, काभ्रेका पाँचमध्ये तीन महिला र दुई पुरुष रहेका छन्। कोशी अस्पतालमा गरिएको परीक्षणमा १० झापाका पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको हो। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये दैलेखका ९० जना रहेका छन्। तीमध्ये तीन महिला र चार वर्षीय बालक तथा ८६ पुरुष रहेका छन। यस्तै जुम्लाका तीन पुरुषमा पनि सङ्क्रमण देखिएको छ।

हुम्लाका एक पुरुष, रामेछाप हाल जुम्लामा बसेका एक पुरुष, दोलखा हाल जुम्लामा कार्यरत एक पुरुष, गोरखाका हाल जुम्लामा कार्यरत एक पुरुष रहेका छन्। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई पुरुष दाङका रहेका छन्। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको छ। तिनीहरु गुल्मीका एक पुरुष, कपिलवस्तुकी एक महिला र ४३ पुरुष, कास्कीका एक पुरुष, महोत्तरीका १७ पुरुष र रौतहटकी एक महिला र एक बालकसहित पाँच पुरुष रहेका छन्।

कमेन्ट लोड गर्नुस