सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भूमि विवाद सुल्झीयो

२०७७ जेठ २२, ०८:५० खबर संवाददाता

कञ्चनपुरको महाकाली नगरपालिकाको भारतीय सिमाना सँग जोडीएको वडा नम्बर ८ स्थित सुन्दर नगर क्षेत्रको भूमि विवाद सुल्झीएको छ। बिहीबार बिहानै विवादित सीमा क्षेत्र पुगेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिहं साहुले भारतीय सीमा सुरक्षा बल (एसएसबी), जनप्रतिनिधि एवं स्थानीयसंग घनिभूत छलफल गरेर बषौँदेखिको सीमा विवाद टुङ्गो लगाए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का डेपुटी कमाण्डर महेश कनियाल सहितका पक्षसंग छलफल गरेर भारतीय पक्षबाट बषौँदेखि हुँदै आएको विवाद टुङ्गो लागेको हो। ‘अब दशजगा क्षेत्र पुर्वतिर नेपालीले कमाउन पाउँछन्।, ‘उनले भने, ‘लामो समयदेखिको विवाद टुङ्गो लाग्यो।’ १७ नम्बर सीमा पिलरको विच भागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १०÷१० मिटर छाडेर नेपाल तर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन।

वार्ता लगत्तै स्थानियले आफ्नो जमिन खनजोत सुरु गरेका छन्। बषौँदेखि आफ्नै जमिन जोत्न नपाएपछि पीडित भएका नेपाली नागरिक खुसी भएका छन्। अव निर्वाधरुपमा खेत खनजोत गरेर उपभोग गर्ने स्थानिय लक्ष्मण पुन मगरले बताए। तीन बर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो। विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्मणको परिवारले आफ्नो मातृभूमि निर्वाधरुपमा उपभोग गर्न पाएपछि हर्षित भएका छन्।

विवाद विवादकै कारण नेपाली नागरिकले ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको कञ्चनपुरमा उक्त विवाद सशस्त्र प्रहरीबाट समाधान भएपछि स्थानीयवासी हर्षित भएका छन्। भारतसंग सीमा जोडिएको कञ्चनपुरको १ सय २९। ५ किलोमिटर सीमा दुरी मध्ये सुन्दरगरको सीमा विवाद टुङ्गो लगाएसंगै यसरी नै सशस्त्र प्रहरीले अन्य क्षेत्रको सीमा विवाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन्।

कमेन्ट लोड गर्नुस