सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक सम्पन्न, लकडाउन खुकुलो पार्ने जिम्मा उच्चस्तरीय समितिलाई

२०७७ जेठ २२, ०८:३१ खबर संवाददाता

लकडाउनबारे छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठक केही बेरअघि सकिएको छ। बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेस गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको एक मन्त्रीले जानकारी दिएका छन्।  

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने ती मन्त्रीले बताए। लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि यस विषयमा छलफल गर्न बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बसेको हो।
 

कमेन्ट लोड गर्नुस