सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीबाट संगै आएका धनगढीका दुई जनामा कोरोना, एउटै क्वारेन्टिनमा थिए

२०७७ जेठ २२, ०८:०४ खबर संवाददाता

धनगढी : बिहिवार पुष्टि भएका धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फुलवारीका दुई जना संक्रमित भारतको दिल्लीबाट एउटै गाडीमा आएको खुलेको छ। २२ बर्षीय बिवाहित युवती र २६ बर्षीय संक्रमित युवक एउटै गाडीमा दिल्लीबाट आएको खुलेको हो। उनीहरु १३ दिन अघि स–परिवार धनगढी फर्किएका थिए।

संक्रमित महिलाका श्रीमान र तीन बर्षको छोरा तथा संक्रमित पुरुषकी श्रीमती र २७ दिनकी छोरी १३ दिन अघि भारतबाट त्रिनगर नाका हुँदै धनगढी फर्किएको खुलेको हो।

संक्रमित महिलाका श्रीमानले दिनेश खवरसंग कुराकानी गर्दै भने, ‘दिल्लीबाट दुवै परिवार संगै आएका थियौँ। त्रिनगर नाकाबाट पञ्चोदय माविको क्वारेन्टिनमा राखियो। दुवै परिवार क्वारेन्टिनको एउटै कोठामा बस्दै आएका थियौ।’ आफ्नो र तीन बर्षीय छोराको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए। 

संक्रमित पुरुषका अनुसार संक्रमित महिलाका श्रीमान दिल्लीमा होटलमा काम गर्दै आएका थिए भने उनी छात्रवासमा काम गर्दै आएका थिए।

‘भारतमा कोरोना संक्रमति बढ्दै गएपछि दिल्लीबाट ३८ जना एउटै गाडीमा आएका थियौँ,’ उनले भने, ‘त्रिनगर नाका पुगेपछि फुलवारी सम्म पनि एउटै टिप्परणमा आएका थियौँ।’ उनले थपे, ‘नाकासम्म सुरक्षा सतर्कता अपनाएका थियौँ। भिड बढि भएकाले नाकामा असुरक्षा अनुभती भएको थियो। सीमामै स¥यो कि भन्ने आशंका पनि लागेको छ।’ 

अहिले दुवै संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राख्ने तयारी भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस