सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभाका पाँच जना मर्यादापालकमा कोरोना संक्रमण

२०७७ जेठ २२, ०६:२३ खबर संवाददाता

प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

मर्यादापालकमा कोरोना देखिएपछि बिहीवार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए ।

बुधवार बसेको प्रदेशसभा बैठकमा ती संक्रमित मर्यादापालक पनि उपस्थित भएका थिए। मर्यादापालकमा कोरोना पाइएपछि सांसद, सचिवालयका कर्मचारी, अन्य मर्यादापालकसहित सुरक्षाकर्मीमा त्रास बढेको छ।

 

कमेन्ट लोड गर्नुस