सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

२०७७ जेठ २२, ०४:४१ खबर संवाददाता

नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। पाल्पाका ४५ बर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो। पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। आज कोरोना पुष्टि भएको हो। उनी ५ दिन अगाडि भारतबाट आएका थिए। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।

कमेन्ट लोड गर्नुस