सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २६ सय नाघ्यो

२०७७ जेठ २२, ०४:३६ खबर संवाददाता

धनगढी : नेपालमा थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै तीन सय ३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिलेसम्म दुई सय ९० जना कोरोना संक्रमित बिरामी सञ्चो भएर घर फर्किएका छन्। 
 

कमेन्ट लोड गर्नुस