सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शनकारीको अगाडि अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागे

२०७७ जेठ २२, ०५:४८ खबर संवाददाता

अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन्। 

प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन्। बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिंस्रक बनेको आन्दोलन रोक्न चालेको नयाँ रणनीति भनेको छ।

घुँडा टेकेपछि प्रहरीको अगाडि  पुगेका प्रदर्शनकारी केही शान्त देखिएका छन्। आठ दिनअघि मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकाली घाँटी थिचेर हत्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आन्दोलन चर्किएको छ। 

प्रहरीले हत्या गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरी उनीसहित अरु चार जनालाई पक्राउ गरेको छ। अहिले अमेरिकाका ४० वटा शहरमा कर्फ्यु लगाइएको छ।
 

कमेन्ट लोड गर्नुस