सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल

२०७७ जेठ २१, १०:४०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड –१९० का संक्रमित बढेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाबारे छलफल गरेको छ। संक्रमित दुई हजार नाघेपछि ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विपद् अवस्थाबारे छलफल गरिएको बताए। “संक्रमित बढेपछि मन्त्रालयले विपद् अवस्थाका बारेमा छलफल गरेको छ ’’, उनले भने, “निर्णयमा प्रमाणीकरण गर्न बाँकी रहेको छ।’’  नेपालमा अहिलेसम्म दुई हजार ३०० संक्रमित देखिएका छन्।

‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियानुसार संक्रमितको संख्या र अवस्थाका आधारमा महामारी स्तर निर्धारण गरिएको छ। उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र सो स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ। रासस 
 

कमेन्ट लोड गर्नुस