सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी

२०७७ जेठ २१, ०९:४४

कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ। मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड –१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो।

निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्यावस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्नेसम्बन्धी बुँदा समावेश गरिएको छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड –१९ रोकथाम योजनाबमोजिम संक्रमितको सङ्ख्या दुई हजार नाघेर दोस्रो चरणमा प्रवेश गरेका अवस्थामा जनस्वास्थ्य विपद् अवस्था घोषणाको तयारी भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्रालयले कोरोनाबाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। रासस
 

कमेन्ट लोड गर्नुस